कास्कीको अन्नपूर्ण गाउँपालिका तालीब्राङमा खुल्ला फाइभ ए साइड फुटबल प्रतियोगिता हुँदै
उद्घाटन समारोहमा आमा समूहबीच मैत्रीपूर्ण फुटबल खेल
पाेखरा | असोज १४, २०८१
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–४ तालीब्राङमा दोस्रो तालिब्राङ (तर्मु) दशै मेला हुने भएको छ ।
सृजना युवा तथा आमा परिवारको आयोजनामा असोज १९ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने दोस्रो तालिब्राङ (तर्मु) दशै मेला हुन लागेको हो ।
दशै मेलामा फाइभ ए साइड फुटबल प्रतियोगितासँगै अन्य प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरिएको कार्यक्रम संयोजक सनम गुरुङ (सक्रिय)ले जानकारी दिए ।
उनका अनुसार असोज १९ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने दोस्रो तालिब्राङ (तर्मु) दशै मेलामा खुल्ला फाइभ ए साइड फुटबल प्रतियोगिता, छेलो प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता लगायत अन्य कार्यक्रमहरु आयोजना गरिएको छ ।
खुल्ला फाइभ ए साइड फुटबल प्रतियोगिताको विजेताले नगद ४० हजार र उपविजेता हुने टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक गुरुङले बताए ।
उनका अनुसार विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले ट्रफी प्राप्त गर्नेछन् । यस्तै फाइभ ए साइड फुटबल प्रतियोगितामा एक समूहलाई रु ३ हजार ५ रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।
यस्तै रस्साकस्सी प्रतियोगिता र छेलो प्रतियोगिताका विजेताले नगद पुरस्कार प्राप्त गर्ने संयोजक गुरुङले बताए ।
दोस्रो तालिब्राङ (तर्मु) दशै मेलाको उद्घाटन समारोहमा आमा समूहबीच मैत्रीपूर्ण खेल समेत आयोजना गरिएको सृजना युवा तथा आमा परिवारले जनाएको छ ।
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

